२०८३, आश्विन २२ गते

images

पक्राउ परे पूर्वगृहमन्त्री रवि लामिछाने

पक्राउ परे पूर्वगृहमन्त्री रवि लामिछाने

शुक्रवार, कार्तिक २ २०८१०७:०१
शुक्रवार, कार्तिक २ २०८१०७:०१
  • images

    काठमाडौँ । पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा पक्राउ परेका छन् । 

    सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रा।लि।मा अपचलन गरेको आरोपमा उनी शुक्रबार पक्राउ परेका हुन् । जिल्ला अदालत, कास्कीबाट पक्राउ अनुमति लिएर प्रहरीले काठमाडौंबाट लामिछानेलाई पक्राउ गरेको हो ।

    जिल्ला प्रहरी कार्यालय, कास्कीले उनलाई पक्राउ गरेर पठाइदिन भन्दै केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई अनुरोध गरेको थियो । त्यसअनुसार ब्यूरो खटिएका एक जना प्रहरी उपरीक्षक (एसपी) नेतृत्वको टोलीले उनलाई पक्राउ गरेको हो ।

    लामिछानेलाई शुक्रबारै जिल्ला प्रहरी कार्यालय, कास्की लैजाने तयारी छ ।

    पक्राउ पुर्जी जारी भएपछि रविले भने- सरकार मर्‍यो, हामीलाई जुठो पर्‍यो पक्राउ पुर्जी जारी भएपछि रविले भने- सरकार मर्‍यो, हामीलाई जुठो पर्‍यो

    रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी

    रवि लामिछानेको फाइल अघि बढाउँदै सरकार रवि लामिछानेको फाइल अघि बढाउँदै सरकार

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend