२०८३, आश्विन १९ गते

images
  • समाचार
  • मौसमको अवस्था हेरेर मात्रै उडान सञ्चालन...

मौसमको अवस्था हेरेर मात्रै उडान सञ्चालन गर्न वायुसेवा कम्पनीलाई संघको आग्रह

मौसमको अवस्था हेरेर मात्रै उडान सञ्चालन गर्न वायुसेवा कम्पनीलाई संघको आग्रह

बुधवार, आश्विन ७ २०८३०२:५४
बुधवार, आश्विन ७ २०८३०२:५४
  • images

    काठमाडौँ । वायुसेवा सञ्चालक संघले नेपालमा विशेष मौसम प्रणालीका कारण हवाई उडान प्रभावित हुनसक्ने भन्दै वायुसेवा कम्पनीहरूलाई आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ।

    संघले बुधबार एक विज्ञप्ती जारी गरेको परिपत्रमार्फत मौसमको अवस्था, सम्भावित जोखिम तथा सम्बन्धित निकायबाट जारी हुने मौसमसम्बन्धी सूचनालाई ध्यानमा राख्दै उडान सञ्चालन गर्न वायुसेवा कम्पनीहरूलाई आग्रह गरेको हो।

    परिपत्रमा विशेषगरी प्रतिकूल मौसमका कारण उडान सञ्चालनमा आउन सक्ने चुनौतीलाई मध्यनजर गर्दै आवश्यक तयारी र सतर्कता अपनाउन भनिएको छ। सम्बन्धित विमानस्थल तथा उडान क्षेत्रमा मौसमको अवस्था निरन्तर निगरानी गर्न र आवश्यकताअनुसार उडानसम्बन्धी निर्णय लिन पनि आग्रह गरिएको छ।

    संघले मौसमसम्बन्धी थप जानकारीका लागि जल तथा मौसम विज्ञान विभागको विशेष मौसमसम्बन्धी वेबसाइटबाट अद्यावधिक सूचना लिन सकिने जनाएको छ।

    मौसम प्रतिकूल भएका बेला यात्रु तथा उडान सुरक्षालाई प्राथमिकतामा राख्दै सम्बन्धित निकायको सूचना र निर्देशनअनुसार उडान सञ्चालन गर्न संघले वायुसेवा कम्पनीहरूलाई सचेत गराएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend