काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)मा आज एक खेल हुँदैछ ।
आजको खेलमा पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ । यो खेल साँझ ५ बजे कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुनेछ ।
तेस्रो संस्करणको लिगको उद्घाटन खेलमा ७ विकेटको लज्जास्पद पराजय भोगेको सुदूरपश्चिम आफ्नो दोस्रो खेलमा पोखरासँग भिड्न मैदानमा उत्रिनेछ ।

