२०८३, कार्तिक १२ गते

  • स्थानीय
  • मेयर, उपमेयर, प्रमुख प्रशासकीय अधिकृत सहित...

मेयर, उपमेयर, प्रमुख प्रशासकीय अधिकृत सहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्दा

मेयर, उपमेयर, प्रमुख प्रशासकीय अधिकृत सहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्दा

images
मंगलवार, कार्तिक ११ २०८३०४:२५
मंगलवार, कार्तिक ११ २०८३०४:२५
  • images

    काठमाडौँ । सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख देवनाथ साहु तेलीसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

    नगरपालिकामा हाटबजार ठेक्कामा अनियमितता गरी १ करोड ६० लाख रुपैयाँभन्दा बढी सार्वजनिक सम्पत्तिमा हानिनोक्सानी पुर्‍याएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । 

    आर्थिक वर्ष २०७७/७८ र २०७८/७९ मा पशु हाटबजार, बाख्रा हाटबजार र गुदरी हाटबजार सञ्चालनसम्बन्धी ठेक्कामा अनियमितता भएको उजुरीका आधारमा अनुसन्धान गर्दा १ करोड ६० लाख ४६ हजार ३४४ रुपैयाँ १० सार्वजनिक सम्पत्तिमा हानिनोक्सानी भएको पाइएपछि मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

    आर्थिक वर्ष २०७७/७८ मा गोलबजार नगरपालिकाले वडा नम्बर ६ र ७ मा पशु, बाख्रा तथा गुदरी हाटबजार सञ्चालनबापतको राजस्व संकलन गर्न वडा नम्बर ८ का ठेकेदार वीरेन्द्र कुमार यादवलाई अमानतमा जिम्मेवारी दिएको थियो ।

    नगरपालिकाको २०७८ साउन ४ गतेको कार्यपालिका बैठकले बुझाउनुपर्ने राजस्वमा २७ लाख ३४ हजार ९१३ रुपैयाँ छुट दिने निर्णय गरेको थियो । स्थानीय तहमा कर छुट दिनुपर्ने बाध्यात्मक अवस्था भएमा नगरसभाबाट मात्रै छुट दिन सकिने व्यवस्था रहे पनि कार्यपालिकाले नै छुट दिने निर्णय गरेको अख्तियारको अनुसन्धानबाट खुलेको छ ।

    त्यस्तै, २०७८ साउन १४ गतेको बैठकबाट प्रतिस्पर्धाविना सोझै अमानतमा ठेकेदारलाई जिम्मेवारी दिने निर्णय गरिएको थियो । ठेकेदारबाट असुल गरी नगरपालिकाको सञ्चित कोषमा दाखिला गर्नुपर्ने रकमसमेत असुल नगरिएको अख्तियारको आरोप छ ।

    अख्तियारले तत्कालीन नगरप्रमुख देवनाथ साहु तेली, उपप्रमुख रेशम कुमारी थारू, तत्कालीन प्रमुख प्रशासकीय अधिकृतद्वय श्रीधर केसी र अनन्त कुमार पौड्याल, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत राम नारायण महतो, तत्कालीन राजस्व शाखा प्रमुख दिनेश कुमार सहनी र हाटबजार ठेकेदार वीरेन्द्र कुमार यादवविरुद्ध आरोपपत्र दायर गरेको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend