२०८३, आश्विन २१ गते

images

बालेनको पत्र प्राप्त भए पनि एमालेले जरिवाना नतिर्ने

बालेनको पत्र प्राप्त भए पनि एमालेले जरिवाना नतिर्ने

आइतवार, मंसिर ९ २०८१०१:१८
आइतवार, मंसिर ९ २०८१०१:१८
  • images

    काठमाडौं । काठमाडौँ महानगरपालिकाले एक लाख जरिवाना तोकेको पत्र प्राप्त नभएको नेकपा एमालेले जनाएको छ । त्यो पत्र प्राप्त भए पनि जरिवाना नतिर्ने एमालेले जनाएको छ ।

    यही मंसिर ७ गते काठमाडौँको दरबारमार्गमा सभा गर्दा फोहोर गरेको भन्दै महानगरपालिकाले एमालेलाई एक लाख जरिवाना तोकेको पत्र सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो ।

    एमाले केन्द्रीय कार्यालयले पनि काठमाडौँ महानगरपालिकाबाट जरिवानाको पत्र प्राप्त नभएको बताएको छ । सभा सकिए लगत्तै आफैँ सफा गरेकाले महानगरपालिकाले सामाजिक सञ्जालमा जरिवानाको पत्र सार्वजनिक गर्नुमा गलत नियत देखिएको एकालेको भनाई छ ।

    मेयर बालेनले स्टन्टका लागि जरिवानाको पत्र नगर प्रहरी निरीक्षकलाई लेख्न लगाएको एकालेले टिप्पणी गरेको छ । एमाले महासचिव शंकर पोखरेलले मेयर बालेन एमालेविरुद्ध परिचालित भएको भनेर सामाजिक सञ्जालमा लेखेका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend