२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • रविलाई थप १५ दिन हिरासतमा राख्न...

रविलाई थप १५ दिन हिरासतमा राख्न अनुमति

रविलाई थप १५ दिन हिरासतमा राख्न अनुमति

आइतवार, मंसिर ९ २०८१०४:५०
आइतवार, मंसिर ९ २०८१०४:५०
  • images

    काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालतले थप १५ दिन हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

    जिल्ला न्यायाधीश भीमलाल बेलबासेकाे इजलासले रविलाई अझै १५ दिन हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति दिएकाे हाे । यसअघि कात्तिक २५ मा उनलाई १३ दिन हिरासतमा राख्न अदालतले प्रहरीलाई अनुमति दिएको थियो ।

    सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि प्रहरीले उनलाई कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरेको थियो । रविमाथि सहकारी ठगी र संगठित अपराधका साथै सम्पत्ति शुद्धीकरण मुद्दामा पनि अनुसन्धान भइरहेको छ । 

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend