२०८३, आश्विन २१ गते

images

उपनिर्वाचनमा बिनाअनुमति सवारीसाधन चलाए २५ हजार जरिवाना

उपनिर्वाचनमा बिनाअनुमति सवारीसाधन चलाए २५ हजार जरिवाना

आइतवार, मंसिर ९ २०८१०७:१८
आइतवार, मंसिर ९ २०८१०७:१८
  • images

    काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचनका दिन अनुमतिबिना सवारीासाधन सञ्चालन गरेमा २५ हजार रुपैयाँ जरिवाना हुने जनाएको छ।

    आइतवार आयोगकी सहसचिव एवम् प्रवक्ता नीता पोखरेल अर्यालले यही मङ्सिर १६ गते हुने उपनिर्वाचनको दिन अनुमतिबिनाका सवारीसाधन सञ्चालन गरेको पाइए २५ हजार रुपैयाँ जरिवाना तोकिएको जानकारी दिइन्।

    निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २५(१) मा निर्वाचन प्रचारको सिलसिलामा राजनीतिक दल तथा उम्मेदवार वा निर्वाचन प्रतिनिधि वा अन्य कुनै व्यक्तिले आयोगले तोकेको सङ्ख्याभन्दा बढी र आयोग वा निर्वाचन अधिकृतले अनुमति दिएको बाहेक अन्य सवारीसाधन प्रयोग गर्न वा गराउन हुँदैन भन्ने प्रावधान रहेको प्रवक्ता अर्यालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

    यसविपरीत काम गर्नेलाई आयोग, निर्वाचन अधिकृत वा अनुगमनकर्ताले २५ हजार रुपैयाँसम्म जरिवाना गर्न सक्ने र जरिवाना गर्ने अधिकारीले त्यसरी प्रयोग भएको सवारीसाधन निर्वाचन अवधिभरका लागि कब्जामा लिन सक्ने कानुनी व्यवस्था भएको उनको भनाइ छ।

    यसैबीच आयोगले सवारीसाधनमा लाउडस्पिकरसमेत प्रयोग गरी निर्वाचन प्रचारप्रसार भइरहेको भन्ने सूचना आएको भन्दै यस्ता सवारीसाधन कब्जामा लिई आवश्यक कानुनी कारबाही गर्न स्थानीय प्रशासनलाई निर्देशन दिइएको पनि उनले बताइन्।

    आचारसंहिताविपरीत हुने यस प्रकारका काम नगर्न पनि सम्बन्धित सबैमा आयोगले स्मरण गराएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend