२०८३, आश्विन २१ गते

images
  • अर्थतन्त्र
  • कर्जन्हा नगरपालिका पूर्वमेयर र प्रमुख प्रशासकीय...

कर्जन्हा नगरपालिका पूर्वमेयर र प्रमुख प्रशासकीय अधिकृत भ्रष्टाचारी ठहर

कर्जन्हा नगरपालिका पूर्वमेयर र प्रमुख प्रशासकीय अधिकृत भ्रष्टाचारी ठहर

सोमवार, मंसिर १० २०८१०५:३४
सोमवार, मंसिर १० २०८१०५:३४
  • images

    काठमाडौं । सिराहाको कर्जन्हा नगरपालिका तत्कालीन मेयर गङ्गा पासवान र प्रमुख प्रशासकीय अधिकृत जगदीश मण्डलसहित पाँच जनालाई भ्रष्टाचारमा दोषी ठहर भएका छन्। 

    विशेष अदालतका न्यायाधीश खुशीप्रसाद थारु, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले उनीहरूलाई भ्रष्टाचारमा सजाय निर्धारण गरेको हो।
    विशेष अदालतले ४३ लाख  बिगो अनुरुपको जरिवाना र २ वर्ष ६ महिना कैद सजाय तोकेको छ। भ्रष्टाचारी ठहर गरिएका मेयर पासवान नेकपा माओवादी केन्द्रबाट ०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा मेयर बनेका थिए।

    अदालतले पूर्वमेयर पासवान, प्रमुख प्रशासकीय अधिकृत मण्डल, निमित्त प्रमुख प्रशासकीय अधिकृत बुद्धिमान दनुवार, लेखापाल प्रवीणकुमार महतो र निर्माण कम्पनीका प्रतिनिधि बैजनाथ यादवलाई बिगो र जरिवानाको सजाय भएको छ। 

    उनीहरुविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ करोड ८ लाख रुपैयाँ भ्रष्टाचारको बिगो माग दाबी गर्दै मुद्दा दायर गरेको थियो । कर्जन्हा नगरपालिकाले आर्थिक वर्ष ०७८/७९ मा प्रशासनिक भवन  निर्माण गर्दा भ्रष्टाचार गरेको भन्दै अख्तियारले मुद्दा दायर गरेको थियो। 
     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend