२०८३, आश्विन २१ गते

images
  • अर्थतन्त्र
  • धिताेपत्र बाेर्डकाे अध्यक्षमा सन्ताेष नारायण ...

धिताेपत्र बाेर्डकाे अध्यक्षमा सन्ताेष नारायण श्रेष्ठ नियुक्त

धिताेपत्र बाेर्डकाे अध्यक्षमा सन्ताेष नारायण श्रेष्ठ नियुक्त

सोमवार, मंसिर १० २०८१०६:५१
सोमवार, मंसिर १० २०८१०६:५१
  • images

    काठमाडौँ। सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्षमा सन्तोष नारायण श्रेष्ठलाई नियुक्ति गरेको छ ।

    सोमबार बसेको मन्त्रीपरिषद बैठकले श्रेष्ठलाई अध्यक्ष नियुक्त गरेको हो ।

    जसका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारीको संयोजकत्वमा गठन गरिएको समितिले तीन जनाको नाम अर्थ मन्त्रालयमा सिफारिस गरेको थियो। सिफारिसमा बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारी, अर्का कार्यकारी निर्देशक मुक्ति श्रेष्ठ र सन्तोष नारायण श्रेष्ठको नाम समावेश थियो।

    तीन जनाको नाम सिफारिस भएकाेमा सरकारले श्रेष्ठलाई अध्यक्षमा नियुक्त गरेकाे हाे। 

    नेपाल धितोपत्र बोर्ड पुस २०८० देखि अध्यक्षविहीन थियो। यस अवधिमा सरकारद्वारा अर्थ मन्त्रालयका सहसचिवलाई बोर्डको अध्यक्षको जिम्मेवारी दिएकाे थियाे।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend