२०८३, आश्विन २१ गते

images

शेयर बजारमा उच्च अंकको सुधार, सबै समूहमा हरियाली

शेयर बजारमा उच्च अंकको सुधार, सबै समूहमा हरियाली

मंगलवार, मंसिर ११ २०८१०३:३९
मंगलवार, मंसिर ११ २०८१०३:३९
  • images

    काठमाडौं । शेयर बजार आज उच्च अंकले बढेको छ । बजार उचालिंदा कारोबार रकम समेत बढको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ३३.४१ अंकले उचालिएको हो । १.२४ प्रतिशतले बजार बढ्दा नेप्से २७१६.६६ अंकमा उक्लिएको छ । 

    बजार उच्च अंकले उचालिंदा सबै समूहमा हरियाली छाएको छ । हाइड्रो पावर समूह सबैभन्दा बढी १.९७ प्रतिशतले बढेको हो । आज ३१२ कम्पनीका १ करोड ४२ लाख ९२ हजार ७ सय ४२ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ४४ करोड ९८ लाख ९८ हजार ९ सय ८७.८९ रुपियाँ बराबरको कारोबार भएको छ । 

    आज विभिन्न ४ कम्पनीका लगानीकर्ताहरुले ९ प्रतिशत बढी नाफा कमाएका छन् । सपोर्ट माइक्रोफाइनान्स, यूनाइटेड इदी मर्दी, कुथेली बुखरी हाइड्रो र मिथिला लघुवित्तका लगानीकर्ताहरुले क्रमशः १०, १०, १० र ९.६२ प्रतिशतले घाटा व्यहोरेका छन् । 

    त्यस्तै थ्री स्टार हाइड्रो, कर्णाली डेभलपमेन्ट बैंक र सामुदायिक लघुवित्तका लगानीकर्ताहरुले क्रमशः १०, ८.४५ र ८.१२ प्रतिशतले घाटा व्यहोरेका छन् । 

    आज नेपाल फाइनान्सको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ४५ करोड ७८ लाख ३१.३० रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जनाएको छ । 

    साताको पहिलो दिन आइतबार १३.०३ अंकले बजार घट्दा ७ अर्ब ७२ करोड ८८ लाख ६१ ह्जार २ सय ५०.७३ रुपियाँ र हिजो सोमबार १५.८३ अंकले बजार बढ्दा ६ अर्ब ३४ करोड ५८ लाख ९ हजार ५ सय ९७।८४ रुपियाँ बराबरको कारोबार भएको थियो ।  
     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend