काठमाडौँ । पछिल्लो केही दिन यता निरन्तर घटेको सुनको मूल्य बुधबारभने बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांक अनुसार बुधबार तोलामा ९ सयले सुनको मूल्य बढेको हो ।
मंगलबारको तुलनामा बुधबार प्रतितोला ९ सयले बढेर सुनको मूल्य १ लाख ४९ हजार ६ सय रुपैयाँ कायम भएको तथ्यांकमा उल्लेख छ । मंगलबार प्रतितोला २ हजार ६ सय र सोमबार प्रतितोला १५ हजार ९ सय रुपैयाँले सुनको मूल्य घटेको थियो ।
यस्तै, महासंघको तथ्यांक अनुसार बुधबार सुनसँगै चाँदीको समेत मूल्य बढेको छ । मंगलबार प्रतितोला १ हजार ८ सय २० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार तोलामा १० रुपैयाँले बढेर १ लाख ८ सय ३० रुपैयाँ कायम भएको हो ।

