काठमाडौँ । नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिले उद्योगहरूको बिजुली नकाट्ने निर्णय गरेको छ ।
बुधबार बसेको प्राधिकरण बोर्ड बैठकले तत्काल उद्योगको लाइन नकाट्ने निर्णय गरेको हो ।
विद्युत् नियमन आयोगले उद्योगहरूको लाइन नकाटी बक्यौता असुली गर्ने नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिइसकेको अवस्थामा बोर्डले यस्तो निर्णय गरेको हो ।
बोर्डले गरेको उक्त निर्णय प्रति भने दुई सञ्चालक कपिल आचार्य र भक्तबहादुर पुनले फरक मत राखेको स्रोतले बतायो ।

