२०८३, आश्विन २१ गते

images

नेपाल–चीन विदेशमन्त्रीस्तरीय भेट छेन्दुमा हुने

नेपाल–चीन विदेशमन्त्रीस्तरीय भेट छेन्दुमा हुने

बुधवार, मंसिर १२ २०८१०६:५१
बुधवार, मंसिर १२ २०८१०६:५१
  • images

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको तयारीका लागि बिहीबार परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा चीन जाँदै छिन्। मन्त्री राणा र चिनियाँ समकक्षी वाङ यीसँग शुक्रबार द्विपक्षीय भेट हुँदै छ। उक्त भेट भने राजधानी बेइजिङमा नभएर छेन्दुमा हुने भएको छ। मन्त्री राणा बिहीबार छेन्दुका लागि प्रस्थान गर्ने भएकी छन्।

    विदेशमन्त्रीस्तरको भेटवार्तापछि राणा स्वदेश फर्किने र मंसिर १७ गते प्रधानमन्त्री ओलीसँगै बेइजिङ जाने कार्यक्रम तय भएको छ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend