२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • सुरक्षण मुद्रण प्रकरणः विकल पौडेल र...

सुरक्षण मुद्रण प्रकरणः विकल पौडेल र सफल श्रेष्ठलाई ८ वर्ष कैदको फैसला

सुरक्षण मुद्रण प्रकरणः विकल पौडेल र सफल श्रेष्ठलाई ८ वर्ष कैदको फैसला

बिहिवार, मंसिर १३ २०८१०९:२०
बिहिवार, मंसिर १३ २०८१०९:२०
  • images

    काठमाडौं । विशेष अदालतले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल र निर्देशक सफल श्रेष्ठलाई जनही आठवर्ष कैद र तीन करोड  ४२ लाख २२ हजार आठसय बिगो र सोही बराबर जरिवाना निर्धारण गरेको छ।

    विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, न्यायाधीशद्वय खुशीप्रसाद थारु र रितेन्द्र थापाको इजलासले आज अन्तःशुल्क स्टिकर छपाइमा भएको भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका पौडेल र श्रेष्ठलाई उक्त सजाय निर्धारण भएको हो।

    अदालतले पौडेल र श्रेष्ठलाई गत कात्तिक १४ गते दोषी ठहर गरेको थियो। अन्तःशुल्क स्टिकर छपाइको भ्रष्टाचार मुद्दामा विशेष अदालतले तत्कालीन मुख्यसचिव वैकुण्ठ अर्यालसहितलाई सफाइ दिने निर्णय सुनाएको थियो। उक्त मुद्दामा विशेषले पौडेल र श्रेष्ठलाई दोषी ठहर गरेको थियो।  

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असार ९ गते १२ जनाविरुद्ध मुद्दा दायर गरेको मुद्दामा अन्तःशुल्क स्टिकर खरिदमा अनियमितता गरेको कसुरमा ३८ करोड ६७ लाख १७ हजार छसय ४० बिगो असुल गर्न माग दावी गरेको थियो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend