२०८३, आश्विन २१ गते

images

रविको आजदेखि काठमाडौंमा बयान

रविको आजदेखि काठमाडौंमा बयान

शुक्रवार, मंसिर १४ २०८१०८:३७
शुक्रवार, मंसिर १४ २०८१०८:३७
  • images

    काठमाडौं । सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि पोखराबाट काठमाडौं ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आज (शुक्रबार) बयान लिइँदैछ ।

    उनको आजदेखि जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा बयान हुने बताइएको छ । बुद्ध एयरको उडानमार्फत बिहीबार साँझ काठमाडौं ल्याइएका उनलाई भद्रकालीस्थित प्रहरी कार्यालयमा राखिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए ।

    कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको अपचलनमा लामिछानेविरुद्ध २ मंसिरमा पक्राउ पुर्जी जारी भएपछि पूर्वउपप्रधान एवं गृहमन्त्रीसमेत रहेका लामिछानेलाई थप अनुसन्धानका लागि बयान लिन लागिएको हो ।

    उनीसँगै पक्राउ पूर्जी जारी भएका अर्का आरोपी नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलाई भने बयान लिएर पोखरा फिर्ता पठाइसकिएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend