२०८३, आश्विन २१ गते

images

एनपीएल हेर्दा टीयु मैदानमा धकेलाधकेल, ६ जना घाइते

एनपीएल हेर्दा टीयु मैदानमा धकेलाधकेल, ६ जना घाइते

शनिवार, मंसिर १५ २०८११०:०२
शनिवार, मंसिर १५ २०८११०:०२
  • images

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलका क्रममा धकेलाधकेल हुँदा ६ जना घाइते भएका छन् । खल्तीबाट टिकट काटेर पनि मैदान छिर्न नपाएपछि दर्शकहरुले टिकट काउन्टरमा विरोध जनाएका थिए ।

    विरोधका क्रममा प्रहरी र दर्शकबीच धकेलाधकेल भएको थियो । धकेलाधकेलबाट फलामको गेट पल्टीदा ६ जना घाइते भएको प्रहरीले जनाएको छ । प्रहरी स्रोतका अनुसार घाइतेमध्ये ४ जनालाई सामान्य रहेको छ भने दुईको अवस्था गम्भीर छ । गम्भीर घाइते भएका अजय तामाङ र दानबहादुर राउत दुवै प्रहरी हुन् । तामाङको बाँसबारीस्थित न्युरो अस्पताल र राउतको महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पतालमा उपचार भइरहेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend