२०८३, आश्विन २१ गते

images

लिबर्टी इनर्जीको हकप्रद शेयर बिक्री खुला

लिबर्टी इनर्जीको हकप्रद शेयर बिक्री खुला

आइतवार, मंसिर १६ २०८११२:४७
आइतवार, मंसिर १६ २०८११२:४७
  • images

    काठमाडौं । लिबर्टी इनर्जी कम्पनी लिमिटेडले आज (मंसिर १६ गते) देखि हकप्रद शेयरको बिक्री खुला गरेको छ । कम्पनीले हाल कायम चुक्ता पुँजी १ अर्ब ५० करोड रुपैयाँको १ः०.५० को अनुपातमा ७५ करोड रुपैयाँ बराबरको हकप्रद शेयर जारी गरेको हो । 

    कम्पनीले १०० रुपियाँ अंकित मूल्यमा ७५ लाख कित्ता शेयर निष्कासन गरेको छ । शेयर निष्कासनका लागि कम्पनीले कात्तिक २१ गते बुक क्लोज गरिसकेको छ । कात्तिक २० गतेसम्म कायम शेयरधनीले मात्रै यो हकप्रद शेयरमा आवेदन दिन पाउनेछन् । 

    इच्छुक तथा योग्य लगानीकर्ताले बिक्री प्रबन्धक प्रभु क्यापिटल, लिबर्टी इनर्जी र नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त सम्पूर्ण सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयमार्फत आवेदन दिन सकिनेछ ।

    आवेदन पुस ७ गतेसम्म दिन सकिनेछ । हकप्रद निष्काशनपश्चात कम्पनीको चुक्ता पुँजी २ अर्ब २५ करोड रुपैयाँ पुग्नेछ ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend