२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • चीन भ्रमणमा जानु अघि प्रधानमन्त्रीले बोलाए...

चीन भ्रमणमा जानु अघि प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, के छन् एजेण्डा ?

चीन भ्रमणमा जानु अघि प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, के छन् एजेण्डा ?

आइतवार, मंसिर १६ २०८१०२:५६
आइतवार, मंसिर १६ २०८१०२:५६
  • images

    काठमाडौँ । चीन भ्रमणमा जानुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। 

    उनले आइतबार साँझ ५ बजेका लागि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बस्ने गरी मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् 
     । सोमबार चीन भ्रमणमा जाने तय गरेका उनले चीन भ्रमणका एजेण्डाकै बोरेमा छलफल गर्न मन्त्रिपरिषद्को बैठक बोलाएको सचिवालयले जनाएको छ । 

    चिनियाँ प्रधानमन्त्री ली छ्याङको निमन्त्रणमा प्रधानमन्त्री ओली सोमबार चीन जाँदैछन्। उनी  २० गते स्वदेश फर्किने कार्यक्रम  छ। भ्रमण टोलीमा प्रधानमन्त्रीकी पत्नी राधिका शाक्य, उनका मुख्य सल्लाहकार विष्णु रिमाल,आर्थिक सल्लाहकार युवराज खतिवडालगायत ८७ जना रहनेछन्। 

    प्रधानमन्त्री ओलीले चीन भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी चिनफिङलगायत शीर्ष नेताहरूसँग भेटघाट गर्नेछन्। प्रधानमन्त्री ओलीले पेकिङ विश्विविद्यालयमा सम्बोधन गर्नेछन्। यसैगरी उनी अन्य विभिन्न कार्यक्रममा सहभागी हुनेछन्। 

    बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री ओलीको चीन भ्रमण स्वीकृत गरेको थियो। भ्रमण टोलीमा सहभागी ८७ जनामध्ये सरकारी खर्चमा ३९ जना र निजी खर्चमा ४८ जना चीन जानेछन्। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend