२०८३, आश्विन २१ गते

images

बढ्न थाले नेपाल आउने विदेशी पर्यटक, यी हुन सबैभन्दा धेरै आउने देश

बढ्न थाले नेपाल आउने विदेशी पर्यटक, यी हुन सबैभन्दा धेरै आउने देश

आइतवार, मंसिर १६ २०८१०३:०९
आइतवार, मंसिर १६ २०८१०३:०९
  • images

    काठमाडौँ । भूकम्प र कोरोना महामारीपछि नेपाल आउने पर्यटकको संख्यामा बृद्धि हुन थालेको छ । नेपाल पर्यटन बोर्डको तथ्यांक अुनसार गत वर्षको तुलनामा चालू वर्षमा नेपाल भित्रने विदेशी पर्यटकको  संख्यामा बृद्धि हुन थालेको हो । 

    सन् २०२४ को ११ महिनामा १० लाख ५५ हजार ५ सय ३३ जना विदेशी पर्यटक नेपाल भ्रमणमा आएका छन् । गतवर्ष ११ महिनामा ९ लाख १८ हजार ३ सय ८ पर्यटक भित्रिएका थिए ।

    सन् २०२३ मा भन्दा सन् २०२४ मा १ लाख ३७ हजार २ सय ४५ पर्यटक बढी भित्रिएका हुन् । 

    सन् २०२४ को नोभेम्बर महिनामा मात्रै १ लाख १४ हजार ५ सय १ पर्यटक भित्रिएका छन् । तथ्यांक अनुसार भारतबाट नोभेम्बरमा नेपाल भ्रमणमा आउनेको संख्या १९ हजार ९ सय १५ रहेको छ । यसैगरी अमेरिकाबाट १० हजार ९ सय ८१ र चीनबाट ९ हजार ४ सय ५८ जना नेपाल भ्रमणमा आएका छन् । यस्तै, बेलायतबाट ६ हजार ६ सय ११ र बंगलादेशबाट ५ हजार १ सय ४८ जना पर्यटक नेपाल भ्रमणमा आएका छन् । 

    २०२४ को जनवरीमा ७९ हजार १ सय, फेब्रुअरमाी ९७ हजार ४ सय २६, मार्चमा १ लाख २८ हजार १ सय ६७, अप्रिलमा १ लाख ११ हजार ३ सय ७६, मेमा ९० हजार २ सय ११, जुनमा ७६ हजार ७ सय ३६, जुलाईमा ६४ हजार ५ सय ९९, अगस्ट ७२ हजार ७ सय १९, सेप्टेम्बरमा ९६ हजार ३ सय ५ र अक्टोबरमामा १ लाख २४ हजार ३ सय ९३ पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend