२०८३, आश्विन २१ गते

images

२० अंकले बढ्यो नेप्से परिसूचक, यी हुन सबैभन्दा धेरै कमाउने क्षेत्र

२० अंकले बढ्यो नेप्से परिसूचक, यी हुन सबैभन्दा धेरै कमाउने क्षेत्र

सोमवार, मंसिर १७ २०८१०३:१७
सोमवार, मंसिर १७ २०८१०३:१७
  • images

    काठमाडौँ । आइतबार १० अंकले घटेको नेप्से परिसूचक सोमबार भने दोब्बरले बढेको छ । सोमबार सेयर बजार १९.९७ अंक बढेको छ । सो अंकको वृद्धिसँगै नेप्से परिसूचक २७५८ मा कायम भएको छ ।

    कारोबार रकमले साढे १० अर्ब नाघेको छ । आइतबार ८ अर्ब ८३ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा आज १० अर्ब ५४ करोडको भयो । सोमबार १२६ कम्पनीको मूल्य बढ्दा ११२ को घट्यो भने ५ को स्थिर रहेको छ ।

    सोमबार लगानी कर्ताको आकर्षण होटल तथा पर्यटन सेक्टरका कम्पनीमा देखिएको छ । सो समूहको सूचक ४.९९ प्रतिशत बढ्यो । विशाल बजार कम्पनीको १० प्रतिशत मूल्यवृद्धिका कारण व्यापार सेक्टर ९.७ प्रतिशत बढेको छ । 

    हाइड्रोपावर ०.६२, लगानी ०.६०, जीवन बीमा १.९१, उत्पादन ०.१५, माइक्रोफाइनान्स ०.१५, निर्जीवन बीमा ०.२० प्रतिशत बढे । अन्य ०.३६, फाइनान्स १.९७, विकास बैंक १.७२ र बैंकिङ समूह ०.५९ प्रतिशत घटेको छ । 

    विशाल बजार कम्पनी, तारागाउँ रिजेन्सी, खानीखोला हाइड्रोपावर, जोशी हाइड्रोपावर र अपर स्याङ्गे हाइड्रोपावरको मूल्य १० प्रतिशत, लाइफ इन्स्योरेन्स कर्पोरेसनको ९.३६, अपर लाहोरेखोलाको ९.१९, ओरियन्टल होटलको ७.८ तथा रिभर फल्स पावरको ७.५ प्रतिशत मूल्य बढ्यो ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend