२०८३, आश्विन २१ गते

images

शेयर बजारमा हरियाली

शेयर बजारमा हरियाली

मंगलवार, मंसिर १८ २०८१०३:२७
मंगलवार, मंसिर १८ २०८१०३:२७
  • images

    काठमाडौं । मंगलबार पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बढेको छ । अघिल्लो कारोबार दिन सोमबार १९ दशमलव ९७ अंकले बढेको बजार मंगलबार १७.८० अंकले बढेर २ हजार ७७५.८५ विन्दुमा बन्द भएको हो । 

    मंगलबार ८ अर्ब ५२ करोड १२ लाख रुपैयाँ बराबरको १ करोड ८१ लाख कित्ता शेयर खरिद विक्री भएको छ । मंगलबार कारोबारमा आएका कम्पनीहरुमध्ये १४२ कम्पनीको शेयर मूल्य बढेको छ भने ९७ वटाको घटेको छ । बाँकी रहेका ५ वटाको शेयर मूल्य स्थिर छ । 

    मंगलबार ५ वटा कम्पनीको शेयमूल्यमा सकारात्मक सर्किट लागेको छ भने सर्वाधिक कारोबार ङादी ग्रप पावरको भएको छ । कम्पनीको २६ करोड ७४ लाख रुपैयाँ बराबरको शेयर खरिद विक्री भएको नेप्सेले जनाएको छ । 

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend