२०८३, आश्विन २१ गते

images

कतार एयरवेजले रोक्यो गौतमबुद्ध विमानस्थलमा उडान

कतार एयरवेजले रोक्यो गौतमबुद्ध विमानस्थलमा उडान

मंगलवार, मंसिर १८ २०८१०४:११
मंगलवार, मंसिर १८ २०८१०४:११
  • images

    काठमाडौं । कतार एयरवेजले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट गर्दै आएको नियमित उडान १९ दिनमै रोकेको छ । कतार एयरवेजले १५ मंसिरबाट गौतमबुद्ध विमानस्थलमा उडान रोकेको विमानस्थलका सूचना अधिकृत विनोदकुमार रावतले जानकारी दिए ।

    कात्तिक २७ गतेदेखि भैरहवामा वाइडबडी विमान एयरबस ३३० मार्फत दोहा–भैरहवा–काठमाडौं–दोहा रूटमा दैनिक एउटा व्यवसायिक उडान गर्दै आएको कतार एयरवेजले मंसिर १५ गतेबाट उडान रोकेको हो । १९ दिनमा एयरवेजले ३८ वटा उडान तथा अवतरण गरेको थियो ।


    सूचना अधिकृत रावतले विमान कम्पनीले कात्तिक २७ गतेदेखि मंसिर १५ गतेसम्म मात्र भैरहवामा उडान तथा अवतरणका लागि अनुमती लिएकाले त्यसपछि उडान स्थगित गरेको जानकारी दिए । उसले थप उडान अनुमति नलिएको उनले बताए ।

    उडानको अनुमति केन्द्रबाटै हुने कानुनी प्रावधान छ ।

    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल एयरलाइन्स, जजिरा एयरवेज, फ्लाई दुबई र थाई एयर एसियाले भने नियमित उडान गर्दै आएका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend