काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप चार दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ।
मंगलबार अदालतका न्यायाधीश ईश्वरीप्रसाद भण्डारीको इजलासले उनलाई चार दिन हिरासतमा राख्न अनुमति दिएको सूचना अधिकारी मेलिस बाँस्कोटाले जानकारी दिए।
प्रसाईंमाथि साइबर ब्युरोले विद्युतीय कारोबार ऐन, २०६३ अनुसार अनुसन्धान गरिरहेको छ। उनले कम्बोडियाको टेलिकममा प्रधानमन्त्री केपी शर्मा ओलीले लगानी गरेको भन्दै विभिन्न अपुष्ट कागजात सार्वजनिक गरेका थिए।
त्यसपछि केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले उनलाई भक्तपुरस्थित निवासबाटै मंसिर ४ गते पक्राउ गरेको थियो।

