२०८३, आश्विन २१ गते

images

बुधबार पनि बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बुधबार पनि बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बुधवार, मंसिर १९ २०८११०:३४
बुधवार, मंसिर १९ २०८११०:३४
  • images

    काठमाडौँ । बुधबार पनि सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जारी गरेको तथ्यांक अनुसार बुधबार सुन र चाँदीको मूल्य न्यून मात्रामा बढेको हो । 

    तथ्यांक अनुसार मंगलबारको तुलनामा बुधबार सुन प्रतितोला १ सय रुपैयाँ र चाँदी प्रतितोला २० रुपैयाँले बढेको हो । बुधबार बढेर सुनको मूल्य प्रतितोला १ लाख ५० हजार ४ सय रुपैयाँ र चाँदीको मूल्य १ हजार ८ सय ६५ रुपैयाँ कायम भएको छ । 

    मंगलबार सुन प्रतितोला १ हजार रुपैयाँ र चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँले बढेको थियो । पछिल्लो केही दिन यता सुनचाँदीको मूल्य निरन्तर रुपैयाँ बढ्दै आएको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend