२०८३, आश्विन २१ गते

images

बैंकिङ प्रणालीबाट ५० अर्ब खिच्दै राष्ट्र बैंक

बैंकिङ प्रणालीबाट ५० अर्ब खिच्दै राष्ट्र बैंक

सीएनएन खबर
बुधवार, मंसिर १९ २०८११२:०५
सीएनएन खबर
बुधवार, मंसिर १९ २०८११२:०५
  • images

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबार एकैदिन बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ प्रशोचन गर्ने भएको छ । केन्द्रिय बैंकले सार्वजनिक सूचना जारी गर्दै बोलकबोलको प्रक्रियाबाट ५० अर्ब रुपैयाँ संकलन गर्न लागिएको जानकारी दिएको हो ।

    बैंकिङ प्रणालीमा तरलता थुप्रिईरहँदा बजारलाई सन्तुलन बनाउन केन्द्रिय बैंकले बजारबाट पैसा फिर्ता लिने क्रम जारी छ । राष्ट्र बैंकका अनुसार बोलकबोलको माध्यमबाट ब्याजदर निर्धारण हुने उक्त निक्षेप संकलनमा बुधबार मध्यान्ह २ बजेसम्म आवेदन दिन पाईनेछ ।

    न्यूनतम १० करोड रुपैयाँका लागि आवेदन दिन सकिने उक्त निक्षेप संकलन बोलकबोलको अवधि भने २० दिने हुनेछ । यसको सावाँ र ब्याज भुक्तानी भने पुस ९ गते नै गरिने राष्ट्र बैंकले जानकारी दिएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend