२०८३, आश्विन २१ गते

images
  • अर्थतन्त्र
  • यूनाइटेड अजोड इन्स्योरेन्सको सीईओमा कमल गौतम...

यूनाइटेड अजोड इन्स्योरेन्सको सीईओमा कमल गौतम नियुक्त

यूनाइटेड अजोड इन्स्योरेन्सको सीईओमा कमल गौतम नियुक्त

बुधवार, मंसिर १९ २०८१०१:०५
बुधवार, मंसिर १९ २०८१०१:०५
  • images

    काठमाडौँ । यूनाइटेड अजोड इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कमल गौतम नियुक्त भएका छन् । इन्स्योरेन्स सञ्चालक समितिको मंगलबार बैठकले गौतमलाई कम्पनीको सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

    उनको नियुक्तिलाई नेपाल बीमा प्राधिकरणले स्वीकृति दिन बाँकी रहेको छ । प्राधिकरणबाट स्वीकृति पाएपछि उनले कम्पनीको सीईओको पदभार सम्हाल्नेछन् ।

    यसअघि साबिक एभरेष्ट इस्यारेन्समा सीईओको भूमिका निर्वाह गरिसकेका गौतम साविक एभरेष्ट र साविक हिमालयन इन्स्योरेन्स मर्जरपछि नायव प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) बनेका थिए । उनले गत २०८० फागुनमा हिमालयन एभरेष्टबाट राजीनामा दिएर बाहिरिएका थिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend