२०८३, आश्विन २१ गते

images

२५ अंकले घट्यो सेयरबजार, यी हुन धेरै कमाउने कम्पनी

२५ अंकले घट्यो सेयरबजार, यी हुन धेरै कमाउने कम्पनी

बुधवार, मंसिर १९ २०८१०३:१५
बुधवार, मंसिर १९ २०८१०३:१५
  • images

    काठमाडौँ । बुधबार नेप्से परिसूचक २४.९७ अंकले घटेको छ । आज झन्डै २५ अंकले घटेको बजारमा ९ अर्ब १३ करोडको सेयर किनबेच भएको छ। 

    २७५०.८७ विन्दुमा झरेको दिन २ करोड कित्ता बिक्रीमा उक्त कारोबार भएको हो। योसँगै आज १०४ वटा सेयरको मूल्य बढेको छ भने १३२ वटाको घटेको छ। ८ वटाको भने अघिल्लो मूल्यमै कारोबार भएको छ। 

    सेयर बढेका कम्पनीमा खानीखोला हाइड्रोपावर, जोशी हाइड्रोपावर, रिभर फल्स पावर, इङवा हाइड्रोपावरलगायत छन्। यी कम्पनीको सेयर ९ प्रतिशत बढीले बढेको छ। 

    तर सपोर्ट माइक्रोफाइनान्स र लाइफ इन्स्योरेन्स कर्पोरेसनको सेयरमा भने नकारात्मक सर्किट लागेको छ। विशालबजार कम्पनीको पनि ९.१७ प्रतिशतले सेयर घटेको छ। 

    सर्वाधिक कारोबारमा आज जोशी हाइड्रोपावरको ३० करोड, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको २९ करोड, आँखुखोला जलविद्युत्को २६ करोडको कारोबार भएको छ। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend