काठमाडौँ । बिहीबार पनि सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांक अनुसार बिहीबारका लागि सुन र चाँदी दुबैको मूल्य बढेको हो ।
तथ्यांक अनुुसार बुधबारको तुलनामा सुन प्रतितोला ३ सय रुपैयाँ र चाँदी प्रतितोला १५ रुपैयाँले बढेको हो । सुनको मूल्य बढेसँगै बिहीबारका लागि प्रतितोला १ लाख ५० हजार ७ सय रुपैयाँ र चाँदीको मूल्य १ हजार ८ सय ८० रुपैयाँ कायम भएको छ ।
बुधबार सुन प्रतितोला १ सय रुपैयाँ र चाँदी प्रतितोला २० रुपैयाँले बढेको थियो ।

