२०८३, आश्विन २१ गते

images

१५.९३ प्रतिशतले घट्यो नेप्से परिसूचक, ८ अर्ब ३६ करोडको कारोबार

१५.९३ प्रतिशतले घट्यो नेप्से परिसूचक, ८ अर्ब ३६ करोडको कारोबार

बिहिवार, मंसिर २० २०८१०३:३५
बिहिवार, मंसिर २० २०८१०३:३५
  • images

    काठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहीबार पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ । अघिल्लो कारोबार दिन २४.९७ अंकले घटेको बजार बिहीबार १५.९३ अंकले घटेर २ हजार ७३४.९३ विन्दुमा बन्द भएको हो ।

    बिहीबार ८ अर्ब ३६ करोड ९६ लाख रुपैयाँ बराबरको १ करोड ६७ लाख कित्ता शेयर खरिद विक्री भएको छ । बिहीबार कारोबारमा आएका कम्पनीहरुमध्ये ४० कम्पनीको शेयर मूल्य बढेको छ भने २०१ वटा कम्पनीको घटेको छ । बाँकी रहेका ३ वटा कम्पनीको शेयर मूल्य स्थिर छ । 

    आज खानीखोला हाइड्रोपावरको शेयमूल्यमा सकारात्मक सर्किट लागेको छ भने सर्वाधिक कारोबार नेपाल फाइनान्सको भएको छ । कम्पनीको ४२ करोड १९ लाख रुपैयाँ बराबरको शेयर खरिद विक्री भएको नेप्सेले जनाएको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend