२०८३, आश्विन २१ गते

images

म्याग्दीमा ६ स्थानीय तहमा बने आठ स्वास्थ्य चौकी भवन

म्याग्दीमा ६ स्थानीय तहमा बने आठ स्वास्थ्य चौकी भवन

शुक्रवार, मंसिर २१ २०८११०:३९
शुक्रवार, मंसिर २१ २०८११०:३९
  • images

    काठमाडौँ । म्याग्दी जिल्लाका विभिन्न स्थानमा १० करोड ४७ लाख रुपैयाँको लागतमा आठवटा स्वास्थ्य चौकी भवन निर्माण भएका छन् । बेनी नगरपालिका, धवलागिरि, मङ्गला, अन्नपूर्ण गाउँपालिकामा एक–एक, मालिका र रघुगङ्गा गाउँपालिकामा दुई–दुईवटा स्वास्थ्य चौकी भवन निर्माण भएका हुन् । 

    बेनी नगरपालिका–३ भकिम्लीमा रु ५० लाखमा सभाहलसहित पाँचकोठे एकतले स्वास्थ्य चौकीको पक्की भवन निर्माण भएको वडाध्यक्ष पदमबहादुर पुनले बताए। रघुगङ्गा गाउँपालिका–४ दग्नाममा सहरी विकास मन्त्रालयको एक करोड ५९ लाख रुपैयाँ र वडा नम्बर ७ चिमखोलामा एक करोड ६७ लाख २८ हजार एक सय २६ रुपैयाँ लागतमा स्वास्थ्य चौकी भवन निर्माण भएको गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताए ।

    अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको स्वास्थ्य चौकीमा निलगिरिखोला जलविद्युत् आयोजनाको २८ लाख ४९ हजार रुपैयाँ सहयोगमा निर्माण भएको छकोठे भवनमा प्रसूतिगृह सञ्चालन भएको छ । अन्नपूर्ण–३ दाना र वडा नम्बर ७ हिस्तानको औलामा स्वास्थ्य चौकीको नयाँ भवन निर्माणाधीन छन् । मालिका गाउँपालिका–२ रुममा दुई करोड ६४ लाख १४ हजार दुई सय ६२ रुपैयाँ र वडा नम्बर ३ डाडाँगाउँमा एक करोड ५९ लाख ८३ हजार सात सय ७२ रुपैयाँ लागतमा स्वास्थ्य चौकी भवन निर्माण भएको गाउँपालिकाले जनाएको छ । 

    यसैगरी, मङ्गला गाउँपालिका–२ रणवाङमा एक करोड ३० लाख रुपैयाँ र धवलागिरि गाउँपालिका–४ मुदीमा ८९ लाख रुपैयाँको लागतमा स्वास्थ्य चौकी भवन निर्माण भएर सेवा सञ्चालनमा ल्याइसकिएको छ । छवटा स्थानीय तहका ४५ वडा रहेको सदरमुकाम बेनीमा रहेको अस्पतालको ५० शय्या क्षमताको भवन निर्माणाधीन छ । धवलागिरिको ताकममा पाँच र मङ्गलाको हाडेभिरमा १० शय्या क्षमताको पालिकास्तरीय अस्पताल भवन निर्माणाधीन छ । 

    अन्नपूर्ण गाउँपालिका–१ दोवामा निर्माण भएको पाँच शय्याको अस्पताल भवन जनशक्ति र उपकरण अभावका कारण सञ्चालन भएको छैन । बेनी नगरपालिका–१ रत्नेचौर, रघुगङ्गा–१ बेग, अन्नपूर्ण–१ दोवा, वडा नम्बर ५ शिख, मालिका–१ निस्कोटस्थित स्वास्थ्य चौकीले पुरानै भवनबाट सेवा प्रवाह गरिरहेका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend