२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • स्वयम्भू र बौद्धको दर्शन गरी स्वदेशी...

स्वयम्भू र बौद्धको दर्शन गरी स्वदेशी फर्किए भुटानी राजा

स्वयम्भू र बौद्धको दर्शन गरी स्वदेशी फर्किए भुटानी राजा

शुक्रवार, मंसिर २१ २०८१०३:२५
शुक्रवार, मंसिर २१ २०८१०३:२५
  • images

    काठमाडौँ । भुटानी राजा जिग्मे वाङचुक स्वदेश फर्किएका छन्। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले विदाइ गरेकी हुन्।

    भारतबाट स्वदेश फर्किने क्रममा उनी शुक्रबार बिहान काठमाडौं आएका थिए। उनले स्वयम्भूनाथ र बौद्धनाथको दर्शनसहित पूजाआज गरेका थिए।

    यसअघि स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिका पदाधिकारीले स्वयम्भूनाथ परिसरमा भुटानी नरेशलाई स्वागत गरेका थिए । करिब आधा घण्टा त्यहाँ रहेका भुटानी नरेशले स्वयम्भूनाथ परिसरबाट काठमाडौँ उपत्यकाको दृश्यावलोकन गरे ।

    नरेशको स्वयम्भूनाथ दर्शनपछि बौद्धनाथ दर्शन समेत गरेका थिए । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend