२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • जिल्ला अदालत कपिलवस्तुका तहसिलदार र कम्प्युटर...

जिल्ला अदालत कपिलवस्तुका तहसिलदार र कम्प्युटर अपरेटरविरुद्ध भ्रष्टाचार मुद्दा

जिल्ला अदालत कपिलवस्तुका तहसिलदार र कम्प्युटर अपरेटरविरुद्ध भ्रष्टाचार मुद्दा

शुक्रवार, मंसिर २१ २०८१०५:१५
शुक्रवार, मंसिर २१ २०८१०५:१५
  • images

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला अदालत कपिलवस्तुका तहसिलदार सन्तोषकुमार मिश्र र कम्प्युटर अपरेटर विकास पाण्डेयविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    उनीहरूले सेवाग्राहीसँग २० हजार रुपैयाँ घुस लिएका पुष्टि भएको दाबी गर्दै अख्तियारले शुक्रबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

    मिश्र र पाण्डेयले बेरितको बण्डा मुचुल्का बदर गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना प्राप्त भएपछि अख्तियारले अनुसन्धान अघि बढाएको थियो ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवलस्थित कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई केही दिनअघि सेवाग्राहीसँग २० हजार रुपैयाँ घुस रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।

    अनुसन्धानको सिलसिलामा कपिलवस्तु जिल्ला अदालतका तहसिलदार मिश्र र कम्प्युटर अपरेटर पाण्डेयको आपसी मिलोमतोमा वेरितको वण्डा मुचुल्का बदर गरी पुनः वण्डा मुचुल्का गरिदिने तथा तारेख समेत दिने प्रयोजानार्थ सेवाग्राहीसँग २० हजार रुपैयाँ घुस लिएको पुष्टि भएको अख्तियारले जनाएको छ । अख्यितारले दायर गरेको मुद्दामा उनीहरूसँग २० हजार रुपैयाँ बिगो दाबी गरिएको छ ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend