२०८३, आश्विन २१ गते

images

बुद्ध एयरले थप्यो १९ औँ एटिआर विमान, कहिलेदेखि गर्छ उडान

बुद्ध एयरले थप्यो १९ औँ एटिआर विमान, कहिलेदेखि गर्छ उडान

शनिवार, मंसिर २२ २०८१०८:१६
शनिवार, मंसिर २२ २०८१०८:१६
  • images

    काठमाडौँ । निजी क्षेत्रको हवाई कम्पनी बुद्ध एयरले १९ औँ एटिआर विमान भित्र्याएको छ । 

    नयाँ एटिआर–७२ विमान थपेसँगै कम्पनीसँग एटिआर–७२ सिरिजका विमानको सङ्ख्या १६ पुगेको छ । नयाँ विमानको आवश्यक कागजी प्रक्रिया पु¥याई डिसेम्बर महिनाको अन्त्यबाट व्यावसायिक उडानमा ल्याइने बुद्ध एयरले विज्ञप्तिमार्फत जनाएको छ ।
         
    बुद्ध एयरले कल साईन नाईन एन–एओजी विमान फ्रान्सको एटिआर कम्पनी, तुलुसबाट खरिद गरेर ल्याएको जनाएको छ । हाल सो कम्पनीसँग तीन वटा एटिआर–४२–३२० र १६ वटा एटिआर–७२–५०० जहाज रहेका छन् । 
         
    हवाई उडानलाई सहज र सरल बनाउने प्रतिबद्धताअनुरूप नयाँ विमान थप गरिएको बुद्ध एयरका बजार निर्देशक रुपेश जोशीले जानकारी दिए ।
         
    बुद्ध एयरले आन्तरिकतर्फ हाल दैनिक एकसय ४० भन्दा बढी उडान भरिरहेको जनाएको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend