२०८३, आश्विन २१ गते

images

सिद्धार्थ बैंकले घोषणा गर्‍यो लाभांश

सिद्धार्थ बैंकले घोषणा गर्‍यो लाभांश

आइतवार, मंसिर २३ २०८११०:२८
आइतवार, मंसिर २३ २०८११०:२८
  • images

    काठमाडौँ । सिद्धार्थ बैंकले लाभांश घोषणा गरेको छ । बैंकको मंसिर २१ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८०/०८१ को वितरणयोग्य मुनाफाबाट लाभांश घोषणा गरेको हो ।

    बैंकले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशतका दरले नगद लाभांश ९कर प्रयोजनार्थसहित० वितरण गर्ने घोषणा गरेको हो ।

    बैंकले हाल कायम चुक्तापुँजी १४ अर्ब ८ करोड ९९ लाख ८० हजार १९० रुपैयाँको कुल ४ प्रतिशतले हुन आउने ५६ करोड ३५ लाख ९९ हजार २०८ रुपैयाँ नगद लाभांश ९करसहित० वितरण गर्ने निर्णय गरेको छ।

    नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend