२०८३, आश्विन २१ गते

images

प्रधानमन्त्री ओलीविरुद्ध पहिचानवादीको प्रदर्शन

प्रधानमन्त्री ओलीविरुद्ध पहिचानवादीको प्रदर्शन

आइतवार, मंसिर २३ २०८१०४:०५
आइतवार, मंसिर २३ २०८१०४:०५
  • images

    काठमाडौं । प्रधानमन्त्री केपी ओलीको  गृहजिल्ला झापाको दमकमा पहिचानवादीहरूले प्रदर्शन गरेका छन्। प्रधानमन्त्री ओली पुग्ना साथ पहिचानवादीहरुले प्रदर्शन गरेका हुन्। तत्कालीन प्रदेश १ ले कोशी नाम पाएसँगै  पहिचानको आधारमा नामांकन हुनुपर्ने माग राख्दै पहिचान पक्षधर आन्दोलनरत छन्।

    विरोध  प्रदर्शनका क्रममा केही प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले केदार धिमाल, मातृका धिमाल, एल बि पालुङ्वा, सोम चेम्जोङ  फोराहाङ , तीर्थ खड्का र  विवेक सुनुवारलाई नियन्त्रणमा लिएको छ।

    यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ता– समर्थकले मेचीनगरमा प्रधानमन्त्री ओलीलाई कालो झन्डा देखाएका थिए।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend