२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • देश चलाउने कुरा सहकारी ठगेजस्तो सजिलो...

देश चलाउने कुरा सहकारी ठगेजस्तो सजिलो हुँदैन :प्रधानमन्त्री ओली

देश चलाउने कुरा सहकारी ठगेजस्तो सजिलो हुँदैन :प्रधानमन्त्री ओली

आइतवार, मंसिर २३ २०८१०६:१४
आइतवार, मंसिर २३ २०८१०६:१४
  • images

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले झापामा पुगेर देश चलाउने कुरा अरूलाई गाली गरेजस्तो र सहकारी ठगीजस्तो नभएको भन्दै रास्वपालाई लक्षित गर्दै कटाक्ष गरेका छन् ।

    भव्य जनसहभागितामा सय मिटर अग्लो झापाको १८ तले दमक व्यापारिक कम्प्लेक्सको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले देश चलाउन, सिद्धान्त, नीति, संकल्प र अठोट चाहिने जिकिर गरे । ‘कोही भ्रममा नपर्नु भए हुन्छ । देश चलाउन सिद्धान्त चाहिन्छ, नीति चाहिन्छ, संकल्प चाहिन्छ, अठोट चाहिन्छ,’ प्रधानमन्त्री ओलीको भनाइ थियो ।

    उनले आफूहरुले बलिदान गरेर ल्याएको लोकतान्त्रिक व्यवस्था मास्न नदिने उद्घोष गर्दै देश चलाउने कुरा अरुलाई गाली गरे जस्तो र सहकारी ठगीजस्तो नहुने पनि बताए । ‘देश चलाउने कुरा अरूलाई गाली गरेजस्तो र सहकारी ठगीजस्तो होइन,’ उनले भने, ‘हामीले बलिदान गरेर ल्याएको लोकतान्त्रिक व्यवस्था मास्न दिँदैनौँ ।’

    कार्यक्रममा चीन भ्रमण देशका लागि उपलब्धि भएको र केही समयपछि भारत जाने पनि प्रधानमन्त्रीले अवगत गराए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend