२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • रविबारे बुझ्न मानवअधिकार आयोगले आईजीपी कुँवरलाई...

रविबारे बुझ्न मानवअधिकार आयोगले आईजीपी कुँवरलाई बोलायो

रविबारे बुझ्न मानवअधिकार आयोगले आईजीपी कुँवरलाई बोलायो

सोमवार, मंसिर २४ २०८१०२:०८
सोमवार, मंसिर २४ २०८१०२:०८
  • images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मानवअधिकार हनन भएको भनेर आयोगमा पुगेको उजुरीको सम्बन्धमा छलफल गर्न नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवरलाई बोलाइएको छ ।

    आयोगले आजै आयोगको कार्यालयमा उपस्थित हुन आईजिपीलाई भनेको बुझिएको छ । लामिछानेलाई गएको बुधबार चितवनबाट रातारात पोखरा पुर्‍याएर मानवअधिकार उल्लंघन गरिएको भन्दै रास्वपाको तर्फबाट कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले आयोगसमक्ष उजुरी दर्ता गरेका थिए ।

    सोही उजुरीका विषयमा सोधपुछ गर्न आईजीपी कुँवरलाई बोलाइएको आयोगकी सदस्य डा. लिली थापाले जानकारी दिइन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend