२०८३, आश्विन २१ गते

images

काठमाडौं विमानस्थलमा रबि लामिछाने, सिमरा हुँदै विरगञ्ज लगिने

काठमाडौं विमानस्थलमा रबि लामिछाने, सिमरा हुँदै विरगञ्ज लगिने

सोमवार, मंसिर २४ २०८१०३:०६
सोमवार, मंसिर २४ २०८१०३:०६
  • images

    काठमाडौं । पुर्व उपप्रधान तथा गृहमन्त्री रबि लामिछानेलाइ काठमाडौं विमानस्थलमा ल्याइएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेलाई बयानका लागि विरगञ्ज लैजानका लागि अहिले पोखरा अन्तराष्ट्रिय विमानस्थल हुँदै काठमाडौं ल्याइएको हो ।

    प्रहरीका अनुसार उनलाई अब काठमाडौँबाट प्लेनमा सिमरा हुँदै विरगञ्ज लैजाने प्रयोजनका लागि एअरपोर्ट ल्याइएको हो । सहकारी ठगी प्रकरणमा पर्सामा पनि उनीविरुद्ध पक्राउ पुर्जी भएकाले प्रहरीले त्यहाँ बयानका लागि लैजान खोजिएको यसअघि नै प्रहरीले जनाएको थियो ।

    ठगीमा अनुसन्धानका लागि गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका लामिछानेको कास्की, रूपेन्देही, काठमाडौं, चितवन पछि अब पर्सामा बयान लिइनेछ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend