२०८३, आश्विन २१ गते

images

बालिका बलात्कार आरोपमा बिर्तामोडका पूर्वमेयर पक्राउ

बालिका बलात्कार आरोपमा बिर्तामोडका पूर्वमेयर पक्राउ

सोमवार, मंसिर २४ २०८१०९:५६
सोमवार, मंसिर २४ २०८१०९:५६
  • images

    काठमाडौं । बालिका बलात्कारको आरोपमा झापाको विर्तामोड नगरपालिकाका पूर्व मेयर ध्रुवकुमार शिवाकोटी पक्राउ परेका छन्। आफ्नै घरमा काम गर्न राखेकी १७ वर्षकी बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले उनलाई सोमबार पक्राउ गरेको झापाका प्रहरी प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताए।

    पीडित बालिकालाई कलेजबाटै भारततर्फ जाँदै गर्दा सोमबार बिहान मात्रै एक संस्थाले काँकडभिट्टाबाट उद्धार गरेर प्रहरीलाई बुझाएको थियो। ती बालिकाले आफूलाई शिवाकोटीले बलात्कार गरेको भन्दै घर फर्किन मानेकी थिइनन्। त्यसपछि प्रहरीले जाहेरी लिएर अनुसन्धान अगाडि बढाएको हो।

    ती बालिकाका बुबा नभएको र आमा भारतमा रहेको प्रहरीले जानकारी दिएको छ। बालिकालाई पढाइदिने शर्तमा घरको काम गर्न शिवाकोटीले राखेका थिए। शिवाकोटीलाई इलाका प्रहरी कार्यालय विर्तामोडको हिरासतमा राखेर अनुसन्धान अगाडि बढाइएको पनि डीएसपी चन्दले बताए।

    शिवाकोटी २०७४ को स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट बिर्तामोड नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend