काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई बद्नाम गर्न कम्बोडियामा पैसा राखेको भ्रम फैल्याइएको बताएका छन् । सोमवार बिर्तामोडमा नेकपा एमाले झापा जिल्ला कमिटीद्वारा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले ४/५ वर्ष अगाडिदेखि नै कम्बोडियामा केपी ओलीको ३२.५ अर्ब रुपैयाँ छ भनेर प्रचार गरिएको उल्लेख गरे ।
व्यवसायी दुर्गा प्रसाईंप्रति लक्षित गर्दै ओलीले नक्कली चिर्कटो बनाएर आफूलाई बद्नाम गरेको बताए ।
नक्कली चिर्कटो बनाउन एक करोड ११ लाख तिरेको कुरा प्रसाईं स्वयंले स्वीकारेको उनको भनाइ थियो । भ्रम फिँजाउनेहरुलाई समातेर पुष्टि गर भन्दा बदनामीको लागि बोलेको स्वीकार गर्ने गरेको समेत ओलीले बताए ।

