काठमाडौं । सत्तारुढ नेकपा (एमाले) को सचिवालय बैठक आज बस्ने भएको छ । केन्द्रीय कार्यालय च्यासलमा दिउँसो ४ बजे बस्ने गरी बैठक बोलाइएको छ ।
आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका बारेमा समीक्षा हुने बताइएको छ । त्यस्तै चीनसँग भएको बीआरआई सम्झौताका विषयमा पनि छलफल हुनेछ ।
हालै सम्पन्न स्थानीय तहको उपचुनावको पनि समीक्षा हुनुका साथसाथै समसामयिक राजनीतिका विषयमा छलफल हुने बताइएको छ ।

