काठमाडौँ । मंगलबार सुनको मूल्य उच्च भएको छ । सोमबारको तुलनामा मंगलबार सुनको मूल्य प्रतितोला २ हजार १ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांक अनुसार मंगलबार सुन र चाँदी दुबैको मूल्य बढेको छ । मंगलबार सुन प्रतितोला २ हजार १ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार हुनेछ ।
यस्तै, मंगलबार चाँदीको मूल्य समेत बढेको छ । सोमबारको तुलनामा मंगलबार चाँदीको मूल्य प्रतितोला ६० रुपैयाँले बढेर प्रतितोला १ हजार ९ सय २५ रुपैयाँ कायम भएको छ ।
सोमबार सुन प्रतितोला ४ सय रुपैयाँले बढ्दा चाँदीको भने स्थिर रहेको थियो ।

