काठमाडौँ । नेपाली चिनी स्टक हुँदा भारतीय चिनीको बिक्री बढ्दो रहेको चिनी उद्योगीहरुले बताएका छन् । मंगलबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै नेपाल चिनी उद्योग संघले सो कुरा जनाएको हो ।
‘स्वदेशमा स्थापित चिनी उद्योगहरुले गत क्रसिङ्ग सिजनमा उत्पादित चिनी नै केहि उद्योगहरुमा मौज्दातमा बाँकी रहेको र खुल्ला सिमानाका कारण हाल अत्याधिक मात्रामा भई रहेको चिनीको अनाधिकृत पैठारीका कारणले गर्दा चालु क्रसिङ्ग सिजनमा उत्पादन हुने चिनी समेत समयमा नै विक्रि नभई मौज्दातमा रहन सक्ने हाम्रो अनुमान छ’, संघले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।
हाल संचालित १३ वटा चिनी उद्योगबाट गत आर्थिक वर्ष मात्रै २ झन्डै सलाख ३८ हजार मेट्रिक टन चिनी उत्पादन भएको उनीहरुको भनाई छ । चिनी उद्योग संघको तथ्यांक अनुसार हाल १ लाख १५ हजारभन्दा बढी परिवार उखु खेतीमा संग्लन रहेका छन् भने करिब ३५ हजारले रोजगारी समेत पाएका छन् ।
गत क्रसिङ्ग सिजनमा चिनीको अत्याधिक मात्रामा अनाधिकृत पैठारी भएको हुँदा चिनीको उपलब्धतामा उपर्युक्त स्वदेशी माग एंव स्वदेशी उत्पादनको तथ्याङ्गबाट समेत स्पष्ट देखिने उनीहरुको भनाई छ ।
नेपाली चिनी क्रसिङकै सिजनमा भारतबाट खुलम खुला चिनीको आयात हुँदा समयमा नै स्वदेशी उद्योगको उत्पादन विक्री नभई मौज्दात रहन गई कषकहरुलाई समयमा नै भुक्तानी गर्नमा गम्भिर समस्या उत्पन्न भएको चिनी उद्योग संघका अध्यक्ष शशिकान्त अग्रवाल बताउँछन् ।
उनका अनुसार अनाधिकृत रुपमा चिनीको पैठारी हुँदा स्वदेशी चिनी उद्योगबाट उत्पादित चिनीको बिक्रीवितरणमा असर परेको छ । जसका कारण किसानलाई समयमा नै भुक्तानी गर्न नसक्नु, बैंक तथा वित्तीय संस्थामा सावा तथा ब्याज भुक्तानीमा अवरोध लगायतका समस्या उत्पन्न हुन थालेका छन् ।

