२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • पर्सामा सकियो रविको बयान, काठमाडौँहुँदै पोखरा...

पर्सामा सकियो रविको बयान, काठमाडौँहुँदै पोखरा लगिने

पर्सामा सकियो रविको बयान, काठमाडौँहुँदै पोखरा लगिने

बुधवार, मंसिर २६ २०८११०:५५
बुधवार, मंसिर २६ २०८११०:५५
  • images

    काठमाडौँ । पर्सा जिल्ला सरकारी वकिल कार्यालयले सहकारी ठगीको अभियोगमा हिरासतमा लिएर अनुसन्धान भइरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पोखरातर्फ पठाएको छ । 

    निजसँगको बयान पूरा भएपछि उक्त कार्यालयले विमानबाट कास्की पठाउने क्रममा हाल उनी सिमरा विमानस्थलमा रहेका छन् ।
     
    जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख भोलानाथ निरौलासहितको टोलीले निजसँग बयान लिएको थियो । 

    पर्सा जिल्ला प्रहरी कार्यालयका प्रमुख किशोर लम्सालले अभियुक्त लामिछानेलाई सिमराबाट काठमाडौँ हुँदै कास्की पुर्याइने जानकारी दिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend