२०८३, आश्विन २१ गते

images

दुर्गा प्रसाईंविरूद्ध साइबर अपराधमा मुद्दा दायर

दुर्गा प्रसाईंविरूद्ध साइबर अपराधमा मुद्दा दायर

बुधवार, मंसिर २६ २०८१०७:३२
बुधवार, मंसिर २६ २०८१०७:३२
  • images

    काठमाडौं । विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ विपरितको कसुर गरेको आरोपमा मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँका उपन्यायाधिवक्ता खणिन्द्रराज कटवालले मुद्दा अभियोजन गरेका हुन् ।

    ‘प्रसाईंविरूद्ध साइबर अपराधमा मुद्दा दायर भएको छ । पाँच वर्ष कैद र एकलाख जरिवाना मागदाबी गरिएको छ,’ कटवालले भने, ‘पटकेमा पनि परेकाले डेढी सजाएको मागदाबी गरिएको छ ।’

    विद्युतीय कारोबार ऐन विपरितको कसुरको मुद्दा अदालतसम्म पुगेपनि प्रसाईंमाथि आपराधिक विश्वासघात र संगठित अपराधको कसुरमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)बाट जाँच भइरहेको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध गम्भीर आरोप लगाउँदै अभिव्यक्ति दिएपछि प्रसाईं ४ मंसिरमा भक्तपुरस्थित निवासबाट पक्राउ परेका थिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend