२०८३, आश्विन २१ गते

images

प्रधान सेनापति सिग्देलले पाए भारतीय सेनाको मानार्थ महारथी दर्जा

प्रधान सेनापति सिग्देलले पाए भारतीय सेनाको मानार्थ महारथी दर्जा

बिहिवार, मंसिर २७ २०८१०१:१८
बिहिवार, मंसिर २७ २०८१०१:१८
  • images

    काठमाडौं । नेपालका प्रधान सेनापति अशोकराज सिग्देलले भारतीय सेनाको मानार्थ महारथीको दर्जा प्राप्त गरेका छन्।
    नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा आज बिहान आयोजित एक विशेष समारोहबीच राष्ट्रपति द्रौपदी मुर्मुले प्रधान सेनापति सिग्देललाई मानार्थ महारथीको दर्जा प्रदान गरेकी हुन्। 

    कार्यक्रममा भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीलगायत त्यहाँका उच्च सुरक्षा तथा सैन्य अधिकारी, नेपाली दूतावासका अधिकारीहरूको उपस्थिति थियो।
    कार्यक्रममा सिग्देललाई ‘सुप्रबल जनसेवाश्री महारथी’ भनी सम्बोधन गरिएको थियो। भारतीय स्थल सेनाध्यक्ष द्विवेदीको निमन्त्रणामा प्रधान सेनापति सिग्देल मंसिर २६ गते भारत प्रस्थान गरेका थिए। उनी शुक्रबार (मंसिर २९) मा स्वदेश फर्किने कार्यक्रम छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend