२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • रवि लामिछानेलाई थप ५ दिन हिरासतमा...

रवि लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न अनुमति

रवि लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न अनुमति

बिहिवार, मंसिर २७ २०८१०३:११
बिहिवार, मंसिर २७ २०८१०३:११
  • images

    काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई अदालतले थप ५ दिन म्याद थप गरेको छ । जिल्ला अदालत कास्कीमा बिहीबार न्यायाधीश चन्द्रकान्त पौड्यालको इजलासले उनलाई थप ५ दिन म्याद थप गरेर अनुसन्धान गर्न अनुमति दिएको हो । 

    प्रहरीले अझै ९ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति माग गरेको थियो । रविलाई आज अन्तिम पटक म्याद थपेर अर्को पटक अदालत उपस्थित गराउँदा अभियोजन पत्र पनि दायर गर्ने प्रहरीले तयारी गरेको छ । 

    सहकारी ठगी प्रकरणमा गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका रविलाई पछिल्लो पटक थपिएको ४ दिनको म्याद आज सकिने भएकाले आज अदालत उपस्थित गराइएको थियो ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend