२०८३, आश्विन २१ गते

images

दुर्गा प्रसाईंलाई धरौटीमा छोड्न अदालतको आदेश, तत्काल नछुट्ने

दुर्गा प्रसाईंलाई धरौटीमा छोड्न अदालतको आदेश, तत्काल नछुट्ने

बिहिवार, मंसिर २७ २०८१०५:०१
बिहिवार, मंसिर २७ २०८१०५:०१
  • images

    काठमाडौं । दुर्गा प्रसाईंलाई काठमाडौं जिल्ला अदालतले ४० हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको छ । बिहीबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद अवस्थीको इजलासले यस्तो आदेश दिएको हो । तर, प्रसाईं तत्काल छुट्ने भने छैनन् ।

    ‍आपराधिक विश्वासघातको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धान गरिरहेकाले उनी तत्काल नछुट्ने भएका हुन् ।

    प्रसाईंलाई प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अफवाह फैलाएको आरोपमा पक्राउ गरी विद्युतीय अपराध नियन्त्रण ऐन, २०६३ विपरीतको कसूरमा अनुसन्धान सुरु गरिएको थियो । प्रहरीले उनलाई साइबर अपराधको आरोपमा पक्राउ गरेको थियो ।

    कम्बोडियामा प्रधानमन्त्री ओलीको लगानी रहेको भन्दै प्रसाईंले सामाजिक सञ्जालमा कागजपत्र र भिडियो राखेका थिए । प्रसाईं गत मंसिर ४ गते भक्तपुरस्थित निवासबाट पक्राउ परेका थिए । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend