२०८३, आश्विन २१ गते

images

लमजुङमा विद्युत प्राधिकरणको नक्कली कर्मचारी बनेर ठगी गर्ने पक्राउ

लमजुङमा विद्युत प्राधिकरणको नक्कली कर्मचारी बनेर ठगी गर्ने पक्राउ

शुक्रवार, मंसिर २८ २०८१०५:४१
शुक्रवार, मंसिर २८ २०८१०५:४१
  • images

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणको नक्कली कर्मचारी बनेर ठगी गर्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। कास्की घर भएका २४ वर्षीय अमृत कुमाललाई प्रहरीले लमजुङको बेसिशहरबाट पक्राउ गरेको छ।

    मंसिर २७ गते बिहान ८ बजे लमजुङको क्वहोलासोथार गाउँपालिका–८ घाम्राङमा आफू प्राधिकरणको कर्मचारी भएको भन्दै बिजुलीको मिटर धरौटी रकम जम्मा गर्न आएको, प्राधिकरणको छाप र नगदी रसिदसमेत देखाएर हिँडेका उनलाई स्थानीयले शंका गरी सोधपुछ गरेका थिए। स्थानीयको सोधपुछपछि उक्त व्यक्ति भागेको खबर प्रहरीलाई प्राप्त भएको थियो।

    खबर पाउनासाथ प्रहरी सहायक निरीक्षक कृष्ण विश्वकर्माको नेतृत्वमा खटिएको टोलीले खोजी गर्दा कास्कीको पोखरा महानगरपालिका–२४ लेखनाथका कुमाललाई दिउँसो १ बजे बेसिशहर नगरपालिका–८ स्थित लुकीछिपी बसेको अवस्थामा फेला पारेको हो।

    प्रहरीले कुमालको साथबाट नक्कली लिखत कागजात, स्ट्याम्प प्याडलगायत सामग्री बरामद गरेको छ। उनलाई पक्राउ गरी लमजुङ जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी लिखत सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend