२०८३, आश्विन २१ गते

images

गणपूरक संख्या नपुगेपछि अर्थसमिति बैठक स्थगित

गणपूरक संख्या नपुगेपछि अर्थसमिति बैठक स्थगित

सोमवार, पौष १ २०८१०२:५३
सोमवार, पौष १ २०८१०२:५३
  • images

    काठमाडौं । गणपूरक संख्या नपुगेपछि अर्थ समितिको आजको बैठक स्थगित भएको छ । सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० माथि संशोधनकर्तासँग छलफल गर्न समितिको बैठक डाकिएको थियो । तर गणपूरक संख्या नपुगेपछि अर्को सूचना नभएसम्मका लागि आजको बैठक स्थगित भएको सभापति सन्तोष चालिसेले जानकारी दिए ।

    प्रतिनिधिसभा नियमावली २०७९ ले संसदीय समितिको गणपूरक संख्या समितिको तत्काल कायम रहेको सदस्य सङ्ख्याको ५१ प्रतिशत हुनुपर्ने व्यवस्था राखेको छ । समितिको बैठकमा गणपूरक संख्या नपुगेसम्म समितिको सभापतिले बैठकको कार्य स्थगित गर्न वा अर्को कुनै समय वा दिनसम्मको लागि बैठक स्थगित गर्नसक्ने व्यवस्था नियमावलीमा छ ।

    अर्थ समितिमा तत्काल कायम सदस्यको संख्या २३ रहेकोमा आजको बैठकमा सभापति चालिसेसहित आठ जनाको मात्रै उपस्थिति थियो । सुरक्षित कारोबार विधेयकमाथि छलफलका लागि उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई पनि बोलाइएको थियो । तर अर्थमन्त्री पौडेल पनि बैठकमा उपस्थित भएनन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend